18

«اللَّهُمَّ بِعِلْمِكَ الْغَيْبَ، وَقُدْرَتِكَ عَلَى الْخَلْقِ، أَحْيِنِي مَا عَلِمْتَ الْحَيَاةَ خَيْرًا لِي، وَتَوَفَّنِي إِذَا عَلِمْتَ الْوَفَاةَ خَيْرًا لِي، وَأَسْأَلُكَ خَشْيَتَكَ فِي الْغَيْبِ وَالشَّهَادَةِ، وَكَلِمَةَ الْإِخْلَاصِ فِي الرِّضَا وَالْغَضَبِ، وَأَسْأَلُكَ نَعِيمًا لَا يَنْفَدُ، وَقُرَّةَ عَيْنٍ لَا تَنْقَطِعُ، وَأَسْأَلُكَ الرِّضَاءَ بِالْقَضَاءِ، وَبَرْدَ الْعَيْشِ بَعْدَ الْمَوْتِ، وَلَذَّةَ النَّظَرِ إِلَى وَجْهِكَ، وَالشَّوْقَ إِلَى لِقَائِكَ، وَأَعُوذُ بِكَ مِنْ ضَرَّاءَ مُضِرَّةٍ، وَفِتْنَةٍ مُضِلَّةٍ، اللَّهُمَّ زَيِّنَّا بِزِينَةِ الْإِيمَانِ، وَاجْعَلْنَا هُدَاةً مُهْتَدِينَ»

अल्ला हुम्म बे इल्मे कल्-गैब, व कुद रति क अलल्-खल्के, अह-येनी मा अलिम तल् हया त खैरन ली, व अस्-अलु क खशय तक, फिल्-गैबे वश-शहादह, व कलेमतिल्-एख्लासे फिर-रजा वल्-ग ज बे, व अस्-अलु क नई मन ला यनफ्द, व कुर्र त अैनिन ला तन कते, व अस्-अलु-कर्रिजा बिल्- कजा, व बर्दल्-ऐश बादल्-मौत, व लज्जतन्-न ज रे इला वज्हे क, वश्-शौक इला लिका-ए क, व अऊजु बि क मिन जर्रा अ, मुजिर्रतिन, व फितनतिन मुजिल्ल तिन, अल्ला हुम्म जै यिन्ना बे जी न तिल्-ईमान वज्-अल्ना हुदातन मोहतदीन ।

हे अल्लाह, तपाईं सम्पूर्ण आन्तरिक कुराका सर्वज्ञाता र सृष्टिमाथि सामर्थ्य राख्नु हुन्छ तपाईंको ज्ञान अनुसार जबसम्म जीवन मेरो लागि राम्रो छ जीवित राख्नुहोस् र जब मृत्यु राम्रो हुन्छ मृत्यु दिनुहोस् सार्वजनिक ठाउँ होस् वा एकान्त, हरेक अवस्थामा तपाईंको डरको प्रार्थना गर्दछु खुशी होस् वा रिसाएको बेला, हरेक अवस्थामा तौहीदमाथि कायम राख्नुहोस् कहिले समाप्त नहुने वरदान र आँखाको शीतलता प्रदान गर्नुहोस् तपाईंको फैसलामा खुशी रहने, मृत्युपछि सुखमय जीवन, तपाईंको अनुहारको अवलोकनको मजा अनि तपाईंलाई भेट्ने दुआ गर्दछु नोक्सान पुर्याउने वा मलाई बर्बाद पार्ने कुराबाट तपाईंको शरण चाहन्छु हे अल्लाह, ईमानको श्रृंगारले हामीलाई श्रृंगारिदिनुहोस् हामीलाई सत्यमाथि अमल गर्ने र अरूलाई त्यसतर्फ आह्वानकर्ता बनाइदिनुहोस्

18/19