12

रूक्या (झारफुक) गर्दा निम्नलिखित कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ :

1- रूक्या (झारफुक) कुर्आन र हदीसबाट हुनुपर्छ रूक्या (झारफुक) गर्ने तरिका वा पढिने दुआहरू शिर्क, विदअत र वर्जित कुराहरूबाट एकदमै टाढा हुनुपर्छ

2- मुस्लिमले अल्लाहमाथि नै पूर्णरूपमा भरोसा गर्नुपर्छ रूक्या (झारफुक) उपचार गर्ने एउटा पद्धति मात्र हो अल्लाहको आदेश बिना केही हुनेवाला छैन

3- अनुभव बटुल्नको लागि रूक्या (झारफुक) गर्न मिल्दैन बरू रूक्य गर्ने र गराउने दुवैले पूर्णरूपमा निको हुनेमा विश्वस्त हुनुपर्छ

4- कुर्आनको प्रत्येक आयतमा शिफा छ अल्लाहले भन्नुभएको छ : (कुर्आनमा आस्थावानहरूका लागि शिफा र दया छ) तर जुन श्लोकमा रूक्याको वर्णन गरिएको छ त्यसले झारफुक गर्नु उत्तम हो

5- बिरामीले आफैं रूक्या (झारफुक) गर्नु उत्तम हो किनभने ऊ आफ्नो पालनकर्ताप्रति कतिको अभिलाषी र आश्रित छ भन्ने कुरा छर्लङ्ग हुन्छ साथै शुद्ध नियतको राम्रो असर हुन्छ

12/12