8
८) मसिनो आवाजमा दुआ गर्नु
यसको प्रमाण : अल्लाहले भन्नुभएको छ : “आफ्नो पालनकर्तालाई बिलौना गर्दै बिस्तारै पुकार्ने गर ” (सूरह अल्-आराफ : ५५)
हो, दुआ बिस्तारै गर्नुपर्छ, किनभने यसमा कुनै अभिनय र देखावटी (रिया) हुँदैन त्यसैले अल्लाहले जकरिया (अलैहिस्सलाम) को दुआ गर्ने शैलीको प्रशंसा गर्दै भन्नुभएको छ : “जब उनले आफ्नो पालनकर्तालाई मसिनो आवाजमा गुहारे ” (सूरह मर्यम : ३)