7

७) बारम्बार बिन्ति गर्दै दुआ माग्नु

यसको प्रमाण : अब्दुल्लाह बिन अब्बास (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बद्र नामी युद्धमा अल्लाहसित : “हे अल्लाह, कृपया आफ्नो वाचालाई पुरा गर्नुहोस्, ... बिन्ति गर्दै बारम्बार दुआ माग्नु भयो यहाँसम्म कि उहाँको शरीरमा रहेको कपडा तल झर्यो अनि अबु-बकर (रदियल्लाहु अन्हु) ले भने- “उठ्नुस, हजुरले धेरै बिन्ती बिसाउनुभयो अल्लाहले तपाईंको दुआलाई अवश्य स्वीकार गर्नुहुन्छ ” (मुस्लिम : १७६३)

अर्को प्रमाण बुखारी र मुस्लिमको हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ‘दौस’ नामी गोत्रको हिदायतको लागि “हे अल्लाह, ‘दौस’ (गोत्र) लाई हिदायत (सिधा बाटोमा डोर्याइ) देऊ र उनीहरूलाई मसम्म पुर्याई देऊ भनेर बारम्बार दुआ गर्नुभएको थियो ”

7/10