4

४) दुआ गर्दा पहिला अल्लाहको प्रशंसा व्यक्त गर्नु र त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउनु

यसको प्रमाण : फजालह बिन ओबैद (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको प्रशंसा र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद नपठाईकन दुआ गर्न थालेको एकजना व्यक्तिको बारेमा भन्नुभयो : “यसले दुआमा एकदमै हतार गर्यो ” अनि उसलाई बोलाएर सम्झाउदै भन्नुभयो : “सुन, दुआ गर्दा पहिला अल्लाहको प्रशंसा व्यक्त गर, त्यसपछि म माथि दरूद पठाऊ अनि त्यसपछि आफ्नो आवश्यकता अनुसार दुआ माग ”

यदि कसैले पहिला अल्लाहको प्रशंसा अनि त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउएर दुआ गर्छ भने स्वीकार हुने बढी सम्भावना हुन्छ

4/10