1
१) वजू गरेर दुआ गर्नु
यसको प्रमाण : अबु-मूसा (रदियल्लाहु अन्हु) को हदीसमा छ : अबू आमिरले अबू-मूसा (रदियल्लाहु अन्हु) लाई भने- ‘नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित मेरो लागि दुआ गर्न आग्रह गर्नु है’ उनको कुरा सुनेपछि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले वजू गरी यसरी दुआ गर्नुभयो : “हे अल्लाह, आमिरलाई क्षमा गरिदेऊ, हे अल्लाह, कयामतको दिन उसलाई अरू भन्दा उच्च दर्जा प्रदान गरिदेऊ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ गर्दा आफ्नो हात फैलाएर यति माथि उठाउनु भयो कि उहाँको काखीको सेतोपन देखिन्थ्यो ”