सम्पूर्ण किसिमका प्रशंसा एवं महिमागानहरू अल्लाहका लागि हुन् उहाँ नै सम्पूर्ण जगतका सृष्टिकर्ता र पालनकर्ता हुनुहुन्छ दरूद सलाम (शान्ति) अवतरण होस् अल्लाहको अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि तथा उहाँका समस्त घरपरिवार र सहाबा (साथी) हरू माथि
दुआ (प्रार्थना) को बारेमा यो एउटा उत्कृष्ट, विश्वसनीय र फाइदाजनक पुस्तिका हो यस पुस्तिकामा अल्लाहको प्रशंसा एवं महिमागान तथा कुर्आन र हदीसका प्रमाणित दुआहरू; कुर्आनका दुआहरू, नबीका दुआहरू, शैतानको उपद्रोबाट शरण माग्ने दुआहरू, रूक्या (झारफुक) का दुआहरू, साँझ बिहानका स्तुति (जिक्र) हरू, दुआ गर्ने शिष्टाचारहरू तथा दुनियाँ र आखिरतका सम्पूर्ण भलाईहरू समावेश गरिएको छ
ताकि प्रत्येक तहतप्काका व्यक्तिले पूर्ण विश्वासका साथ कुर्आन र हदीसबाट प्रमाणित दुआहरूबाट लाभान्वित हुन सकुन्
यस पुस्तिकाको अर्को विशेषता के छ भने यसमा दुआको अर्थ, उच्चारण तथा हदीसहरूको श्रोत (किताबको अन्तमा) उल्लेख गरिएको छ
अल्लाहले हामी सबैलाई उहाँको अत्याधिक स्तुति एवं महिमागान गर्ने, दु:ख र सुख हरेक अवस्थामा मात्र उहाँलाई गुहार्ने अनि उहाँको असल भक्त बन्ने शक्ति प्रदान गरून्
हे अल्लाह ! कृपया मेरो यो सानो प्रयासलाई स्वीकार गरिदिनुहोस् व सल्लल्लाहु अला नबीयेना मुहम्मद व अला आलेही व सहबेही अजमईन
डा. अब्दुल्लाह बिन हमूद अल्-फोरैह